सैनिक शासन विरोधी ‘मौन हडताल’ले बर्माका सहर र सडक खाली
image - Reuters.

म्यानमारको सेनाले यसै वर्षको फेब्रुअरीमा निर्वाचित सरकारलाई सत्ताबाट हटाएको अप्रजातान्त्रिक कदमको विरोध गरिरहेको ‘नेशनल लिग फर डेमोक्रेसी’ सहितका विपक्षी दलहरूको ठूलो समूहले शुक्रबार ‘मौन हडताल’ गरेको छ । हडतालका कारण देशभरका शहर र सहरका सडक खाली भएका बताइएको छ ।

एक स्थानीय निगरानी समूहका अनुसार फेब्रुअरी विद्रोहदेखि दक्षिणपूर्वी एसियाली राष्ट्रमा गोलमाल मच्चिरहेको छ, अर्थतन्त्र टाट पल्टेको छ भने एक हजार तीन सयभन्दा बढी मानिसहरू सुरक्षा बलद्वारा मारिएका छन् ।

हडतालका कारण म्यानमारको व्यावसायिक केन्द्र याङ्गून शहरका सडकहरू उजाड थिए, सडक विक्रेताहरू वा पसलहरू स्वतस्फुर्त बन्द भएका एएफपी संवाददाताहरूले बताएका छन् ।

बौद्ध धर्मावलम्बीहरू अक्सर आगन्तुक तथा तीर्थयात्रीहरूले भरिनेगरेको प्रसिद्ध श्वेडागोन प्यागोडा गुम्बामा खासै चहलपहल नदेखिएको रेस्टुरेन्ट, पसल र मुख्य बजार सबै बन्द भएका दोस्रो शहर मन्डलेका बासिन्दाले एएफपीसँग नाम उल्लेख नगर्ने शर्तमा बताए ।

बिहानैदेखि सडकमा स्थानीयले ओहोर दोहोर नगरेको बताइएको छ । स्थानीय सञ्चार माध्यमका चित्रहरूले दक्षिणपूर्वी शहर मौलामाइन र उत्तरी सागाङ इलाकाका शहरहरूमा पनि सडकहरू खाली देखाएका छन् ।

याङ्गूनस्थित अमेरिकी दूतावासले जमघट वा विरोधप्रदर्शनविरुद्ध सुरक्षा फौजद्वारा हिंसाको बढ्दो जोखिमलाई उद्धृत गर्दै आफ्ना नागरिकहरूलाई शुक्रबार सडकमा नबस्न सल्लाह दिएको थियो ।



स्थानीय समयअनुसार अपरान्ह् ४ बजे याङ्गून र छिमेकी सहरहरूमा हडतालको अन्त्य भएको घोषणा सामूहिक रूपमा ताली बजाएर गरेका छन् ।



  • प्रकाशित मिति : मंसिर २४, २०७८ शुक्रबार १८:२२:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया