कांग्रेस बन्दसत्रमा पौडेलको कुर्सी खाली

नेपाली कांग्रेसको बन्दसत्रमा रामचन्द्र पौडेल अनुपस्थित भएका छन् । बन्दसत्रमा नेता पौडेलसँगै प्रकाशमान सिंह र शेखर कोइराला पनि अनुपस्थित रहेका छन् ।

पौडेल समूहका मुख्य नेताहरू अहिलेसम्म बन्दसत्र स्थलमा उपस्थित नभएको बताइएको छ । पौडेल पक्ष  सभापतिमा साझा उम्मेदवार चयनका लागि बत्तिसपुतली स्थित अनुपम फुड ल्याण्डमा छलफलमा रहेको छ ।

कांग्रेस केन्द्रीय समिति बैठकमा नआएका नेता पौडेल महाधिवेशन उद्घाटन स्थलमा पनि नआउने अडानमा थिए । पछि नेताहरूले उनको घरमै पुगेर कार्यक्रममा उपस्थित हुन आग्रह गरेपछि उनी भृकुटीमण्डप पुगेका थिए ।





  • प्रकाशित मिति : मंसिर २४, २०७८ शुक्रबार २१:५८:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया