‘ए’ डिभिजन लिग : अपराजित यात्रा कायम राख्ने सोचमा सातदोबाटो र मछिन्द्र

सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत शनिबार दुई खेल हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा सातदोबाटो युथ क्लबले न्युरोड टिम (एनआरटी) सँग  प्रतिस्पर्धा गर्नेछ । यो खेल दिउँसो १ बजे सुरु हुनेछ ।

३ खेलमा ७ अंक जोडेर तेस्रो स्थानमा रहेको सातदोबाटो एनआरटीलाई हराएर शीर्ष स्थानमा उक्लन चाहन्छ । ३ खेलमा २ अंक जोडेर ११ औं स्थानमा रहेको एनआरटी पनि सातदोबाटोलाई हराएर पहिलो जित निकाल्न प्रयासमा हुनेछ  ।

दोस्रो खेलमा साविक विजेता मछिन्द्र क्लबले हिमालय शेर्पा क्लबको सामना गर्नेछ  । यो खेल साँझ पौने पाँच  बजे सुरु हुनेछ ।

अपराजित रहदै ३ खेलमा ७ अंक जोडेको मछिन्द्र चौथो स्थानमा  छ । शेर्पालाई हराएर मछिन्द्र शीर्ष टोलीसँग अंक बराबरी गर्ने प्रयासमा हुनेछ ।

पहिलो जितको खोजीमा रहेको शेर्पा ३ खेलमा २ अंक जोडेर १० औं स्थानमा  छ । मछिन्द्रलाई हराएर शेर्पा अंक तालिका सुधार गर्न चाहन्छ । 





  • प्रकाशित मिति : मंसिर २५, २०७८ शनिबार ७:४०:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया