कांग्रेस महाधिवेशन : पूरा भयाे शेखरकाे टिम

नेपाली कांग्रेसकाे सभापतिमा उम्मेदवारी घाेषणा गरेका शेखर काेइरालाले आफ्नाे टिम पूरा गरेका छन् । टिममा अधिकांश संस्थापनइतर समूहका उम्मेदवार रहेका छन् ।

शेखरले युवा नेता चन्द्र भण्डारी र धनराज गुरुङलाई उपसभापतिमा उम्मेदवार बनाएका छन् । यसअघि उनले उपसभापतिमा डा. मिनेन्द्र रिजाल र एनपी साउँदकाे चर्चा थियाे । उनीहरूसँग छलफल भए पनि टुंगाेमा पुग्न नसकेकाे एक नेताले बताए । उनका अनुसार शेखरकाे टिमबाट महामन्त्रीमा डा.  रिजाल र गगन थापाले उम्मेदवारी दिनेछन् । यो टिमबाट विश्वप्रकाश शर्मा भने बाहिरिएका छन् । उनलाई महामन्त्री उठाउने प्रयास असफल भएको हो ।

यसैगरी सहमहामन्त्रीहरूमा थारुतर्फ टिल चौधरी, दलिततर्फ जीवन परियार, महिलातर्फ कमला पन्त, मधेसीतर्फ रामकृष्ण यादव, जनजातितर्फ विकास लामा, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे र खसआर्यबाट देवराज चालिसे रहेका छन् ।





  • प्रकाशित मिति : मंसिर २५, २०७८ शनिबार १५:१२:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया