प्रिमियर लिग : म्यानचेस्टर सिटीको कठिन जित

इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार भएको खेलमा घरेलु टोली म्यानचेस्टर सिटीले १० खेलाडीमा सीमित उल्भ्समाथि १–० को कठिन जित हात पारेको छ ।

इतिहाद स्टेडियममा खेलको ६६औँ  मिनेटमा रहिम स्टर्लिङले पेनाल्टीमार्फत गरेको एक मात्र  गोल सिटीलाई जित दिलाउन पर्याप्त बन्यो । स्टर्लिङको सिटीका लागि यो १००औँ  प्रिमियर लिग गोल हो ।

पहिलो हाफको थप गरिएको समयमा राउल जिमिनेजले दोहोरो पहेँलो कार्ड बेहोर्दै मैदान छाडेपछि उल्भ्स १० खेलाडीमा सीमित बनेको थियो ।

जितसँगै १६ खेलमा ३८ अंक जोडेको सिटी शीर्ष स्थानमा कायम रहँदा २१ अंकका साथ उल्भ्स आठौँ स्थानमा छ ।





  • प्रकाशित मिति : मंसिर २५, २०७८ शनिबार २०:४५:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया