मेयर शाक्य भन्छन्- काठमाडौं महानगरमा १९६ किलोमिटर कालोपत्रे गर्याैँ

काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले महानगरले १९६.१ किलोमिटर सडक कालोपत्रे गरेको बताएका छन् ।

२७औं महानगर दिवसको अवसरमा आइतबार आयोजना गरिएकाे पत्रकार सम्मेलनमा उनले यस्ताे बताएका हुन् । 

१४.६८ किलोमिटर सडक ढलान गरेको र १०.७९ किलोमिटर सडकमा ब्लक छाप्ने काम सम्पन्न गरेको उनकाे भनाइ छ ।

उनले भने, ‘मेरो कार्यकालमा ४८९ किलोमिटर सडकमा ढुंगा छाप्ने काम सम्पन्न भएको छ भने २२६.४ किलोमिटर सडक मर्मत र १८.३४ किलोमिटर ढल निर्माण गरिएको छ । वडा नं. ३, ४, ९, १४, १८ र २६ गरी ६ वटा नयाँ वडा कार्यालय निर्माण सम्पन्न भएको छ ।  वडा नं. २, ६, १२, १६, २०, २१, २२, २७, २९ र ३१ गरी १० वटा वडा कार्यालयहरू निर्माणाधीन अवस्थामा छन् ।  वडा नं. ५, ६, ७, १०, ११, १५, २३ र ३२ गरी आठवटा वडाहरूको स्तरोन्नति गरिएको छ ।’ 
 





  • प्रकाशित मिति : मंसिर २६, २०७८ आइतबार १३:१८:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया