रामचन्द्र पौडेलले कांग्रेस महाधिवेशनमा मतदान नगर्ने

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका लागि पाँचजना प्रतिस्पर्धामा छन् । १३४ पदका लागि आज चुनाव हुँदैछ । तर, लामो समय संस्थापन इतर पक्षको नेतृत्व सम्हाल्दै आएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल भने मतदान नगर्ने भएका छन् ।

पौडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले यसको पुष्टि गरे । ‘रामचन्द्र दाइले यसपटक मतदान गर्नुहुन्न । उहाँ तटस्थ बस्नुहुन्छ,’ अधिकारीले फरकधारसँग भने । 

पौडेल संस्थापनइतर समूहबाट सर्वसम्मत सभापतिको उम्मेदवार हुनुपर्ने अडानमा थिए । उनी पनि सभापतिका आकांक्षी थिए । तर सहमति जुट्न नसकेपछि पौडेल सबै तहका प्रतिस्पर्धाबाट बाहिरिए नै मतदानमा नै सहभागी नहुने घोषणा गरे ।

सभापतिमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा छन् । 

पौडेल रुष्ट भएपछि देउवा उनको निवास पुगेका थिए । देउवालाई आफूलाई सहयोग गर्न वा अरूहरूको पक्षमा नखुल्न आग्रह गरेका थिए । देउवासँगको भेटमा पौडेलले तटस्थ बस्ने बताएका थिए ।   





  • प्रकाशित मिति : मंसिर २७, २०७८ साेमबार ७:३३:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया