अग्रता  जोगाउन नसक्दा बराबरीमा रोकियो बार्सिलोना

स्पेनिस ला लिगाअन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोना घरेलु टोली ओसासुनासँग बराबरीमा रोकिएको छ ।

एल सरदार स्टेडियममा दुवै टोलीले २-२ को बराबरी खेलेका हुन् । सुरुवाती अग्रता  जोगाउन नसक्दा बार्सिलोना अंक बाँड्न बाध्य बन्यो।

बार्सिलोनाका लागि  निको गोन्जालेज र एब्डेसामद इजालजुलीले गोल गर्दा घरेलु टोलीका डेभिड गार्सिया र इजिक्वेल एभिलाले  गोल फर्काए ।

खेलको १२ औं  मिनेटमा  गोञ्जालेजले बार्सिलोनालाई अग्रता  दिलाएका थिए । बार्सिलोनाको यो अग्रता  लामा समयसम्म  टिक्न भने सकेन १४ औं  मिनेटमा  गार्सियाले ओसासुनाका लागि बराबरी गोल फर्काए ।

४९ औं  मिनेटमा  इजालजुलीले गोल गर्दा बार्सिलोना २-१ ले अघि बढ्यो । ८६ औं  मिनेटमा  एभिलाले गोल गरेपछि रोमाञ्चक बनेको खेल २-२ को बराबरीमा सकिएको हो ।
 
यो नतिजासँगै  बार्सिलोना १६ खेलमा २४ अंक जोड्दै आठौ स्थानमा रहँदा ओसासुना १७ खेलबाट २२ अंकका साथ दसौं  स्थानमा छ । 





  • प्रकाशित मिति : मंसिर २७, २०७८ साेमबार ८:१८:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया