कांग्रेस महाधिवेशन : मतपत्र सकिएपछि मतदान रोकियो

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि भएको मतदान रोकिएको छ । मतपत्र सकिएपछि मतदान रोकिएको हो ।

राष्ट्रिय सभागृहको मतदान केन्द्रमा मतपत्र सकिएपछि मतदान रोकिएको निर्वाचन समितिले जनाएको छ । मतदान रोकिएपछि प्रतिनिधिहरूले हो-हल्ला गरेका छन् ।

निर्धारित समयभन्दा ढिला गरी सुरु भएको मतदानमा दिउँसो साढे ३ बजेसम्ममा १ हजार ४५० मत खसेको निर्वाचन समितिले जनाएको छ । 

केन्द्रीय समितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि ४८० जनाले उम्मेदवारी दिएका छन् ।​ कांग्रेसमा नयाँ कार्यसमिति चयनका लागि चार हजार ७४३ जनाले मतदान गर्दै छन् ​। मतदानका लागि राष्ट्रिय सभागृहमा एक स्थान र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था मिलाइएको छ ।





  • प्रकाशित मिति : मंसिर २७, २०७८ साेमबार १६:६:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया