च्याम्पियन्स लिग : अन्तिम १६ को ‘ड्र’ सार्वजनिक

युरोपियन फुटबलको उच्च निकाय युइएफएले सोमबार च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को ‘ड्र’ सार्वजनिक गरेको छ ।

‘ड्र’ अनुसार स्पेनिस क्लब रियल मड्रिडले तुलनात्मक रूपमा केही कमजोर पोर्चुगिज क्लब बेन्फिकालाई प्रतिस्पर्धीका रूपमा पाएको छ ।

इंग्लिस क्लब म्यानचेस्टर सिटीले स्पेनिस क्लब भिल्ला रियलको सामना गर्दा जर्मन क्लब बायर्न म्युनिखले बलियो स्पेनिस क्लब एथलेटिको मड्रिडको सामना गर्नेछ ।

इंग्लिस क्लब लिभरपुलले अस्ट्रियाको रेडबुल साल्जबर्गसँग खेल्दा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले कठिन प्रतिस्पर्धीका रूपमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई पाएको छ ।

पोर्चुगिच क्लब स्पोर्टिङ सिपी र इटालियन क्लब युभेन्टस आमने सामने हुँदा डच क्लब आयाक्सले इटालीको इन्टर मिलानको सामना गर्नेछ ।

साविक विजेता इंग्लिस क्लब चेल्सीले फ्रेन्च क्लब लीलीसँग प्रतिस्पर्धा गर्नेछ ।





  • प्रकाशित मिति : मंसिर २७, २०७८ साेमबार १७:५१:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया