कांग्रेस महाधिवेशन : साँझ ६ बजेसम्म २८ सय ९ मत खस्यो

नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गतको निर्वाचनमा साँझ ६ बजेसम्म दुई हजार ८०९ जनाले मतदान गरेका छन् । 

साँझ ६ बजेसम्म दुई हजार ८०९ जनाले मतदान गरेका महाधिवेशन मिडिया सेन्टरका संयोजक डा सुरेश आचार्यले जानकारी दिए । महाधिवेशनमा ४ हजार ७४३ मतदाता छन् । 

कांग्रेसको जारी १४ औं महाधिवेशनमा कूल १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । मतदानका लागि राष्ट्रिय सभा गृहमा एक र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरेको छ । कागजी मतदानमा एक जनालाई मत हाल्नका लागि आधा घण्टाभन्दा धेरै समय लागिरहेको जनाइएको छ । 

विहान ८ बजेबाट सुरु गर्ने भनिएको मतदान मतपत्र छपाइमा ढिलाइ भएको भन्दै मध्याह्न १२ बजेपछि मात्र सुरु भएको थियो । राति ९ बजेसम्म मतदान हुने र आजै मतगणना सुरु हुने जनाइएको छ । 





  • प्रकाशित मिति : मंसिर २७, २०७८ साेमबार १८:४०:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया