च्याम्पियन्स लिग : अन्तिम १६ को तालिकामा हेरफेर, अब रियल मड्रिड र पीएसजी भिड्ने

स्पेनिस ला लिगा महारथी रियल मड्रिड र फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) तथा इटालियन सिरी ए क्लब इन्टर मिलान र इङ्लिस प्रिमियर लिग क्लब लिभरपुल च्याम्पियन्स लिगको नकआउट चरणमा आमने-सामने हुने भएका छन् ।

युइएफले सोमबार च्याम्पियन्स लिग अन्तिम १६ को तालिका सार्वजनिक गरेको हो । यसअघिको तालिका  गल्ती भएको भन्दै युइएफएले पुनः तालिका सार्वजनिक गरेको हो । यसअघिको तालिकामा पिएसजीले म्यानचेस्टर युनाइटेडलाई प्रतिद्वन्द्वीको रुपमा पाएको थियो । 

त्यस्तै रियालले बेन्फिका ,म्यानचेस्टर सिटीले भिल्लारियाल, बायर्न म्युनिखले एट्लेटिको मड्रिड, लिभरपुलले साल्जबर्ग, इन्टर मिलानले आयाक्स, युभेन्टसले स्पोर्टिङ लिस्बन र साबिक विजेता चेल्सीले लिलसँग खेल्ने तालिका थियो ।

नयाँ तालिका अनुसार सिटीले लिस्बन, बायर्नले साल्जबर्ग,युनाइटेडले एट्लेटिको, युभेन्टसले भियारियाल र आयाक्सले बेन्फिकाको सामना गर्नेछ । साबिक विजेता चेल्सी र लिलको तालिका भने यथावत् रहेको छ ।

अन्तिम १६ को पहिलो लेग फेब्रुअरी १५ र १६ तथा  २२ र २३ मा हुनेछ । दोस्रो लेगका खेलहरू मार्च ८ र ९ तथा १५ र १६ मा हुनेछ । 

क्वाटरफाइनल र सेमिफाइनलका तालिका मार्च १८ मा सार्वजनिक गरिने युइएफएले जनाएको छ ।





  • प्रकाशित मिति : मंसिर २७, २०७८ साेमबार २१:२१:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया