नेपाली कांग्रेस निर्वाचन समितिले मत खसाल्ने समय साढे ११ बजेसम्मको लागि थप गरेको छ ।
नयाँ नेतृत्वसहितको केन्द्रीय कमिटी चयनका लागि जारी मतदानको समय मतपत्रअभाव देखाउँदै पटकपटक थपिएको छ ।
बिहान ८ बजेदेखि मतदान शुरू गर्ने भनिए पनि ढिला गरी शुरू भएको थियो । यसअघि समितिले साढे १० बजेसम्म मतदानको समय थपेको थियो ।
मतदान प्रक्रिया सकिएपछि राति १ बजेबाट मतगणना गर्ने निर्वाचन समितिले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।