काठमाडौंमा भइरहेको नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना जारी छ । निर्वाचन समितिका अनुसार १९०६ मत गणना भइसकेको छ ।
यो अवस्थासम्म शेरबहादुर देउवाको अग्रता कायमै छ । उनले ९१२ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका शेखर कोइरालाले ६९४ पाएका छन् । १९०६ मत गणना गर्दा कोइरालाभन्दा देउवा २१८ मतले अगाडि छन् ।
त्यस्तै, प्रकाशमान सिंहले १५९, विमलेन्द्र निधिले ११२ र कल्याण गुरुङले ७ मत प्राप्त गरेका छन् । मतगणना आज बिहान ४ बजेदेखि सुरु भएको हो ।
महाधिवेशनमा ४ हजार ७ सय ४३ जना मतदातामध्ये ४ हजार ६ सय ७९ ले मतदान गरेका थिए । सभापतिका लागि निर्वाचित हुन कम्तिमा ५१ प्रतिशत मत चाहिन्छ । त्यो भनेको २३४० मत हो ।
पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त नगरे धेरै मत ल्याउने दुई उम्मेदवारबीच फेरि प्रतिस्पर्धा हुन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।