नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत सभापतिको पदको लागि दोस्रो चरणको निर्वाचन आज दिउँसो साढे ३ बजेबाट सुरु गरिने भएको छ ।
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार सभापति .पदको लागि दोस्रो चरणको निर्वाचन बेलुका ७ः३० बजेसम्म हुनेछ ।
मतदान काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा हुने समितिले जानकारी दिएको छ ।
हिजो भएको पहिलो निर्वाचनमा सभापतिका पाँच जना उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको निर्वाचन गर्न लागिएको हो । दोस्रो चरणको निर्वाचनमा सभापतिमा सभापति शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुँदैछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।