इन्डोनेसियामा ७ दशमलव ६ म्याग्निच्युडको भूकम्प

इन्डोनेसियामा ७ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पपछि सुनामीको चेतावनी दिइएको अमेरिकाको भौगोलिक सर्वेक्षण संस्था (युएसजीएस) ले जनाएको छ । 

देशको पूर्वी नुसा टेंगारास्थित फ्लोर्स समुद्रमा सो भूकम्प गएको हो । समुद्रबाट पाँच किलोमिटर गहिराइमा भूकम्पको केन्द्रविन्दु रहेको जनाइएको छ । भूकम्पको केन्द्रबिन्दु रहेको स्थानबाट एक हजार किलोमिटर क्षेत्रभित्र सुनामी आउन सक्ने चेतावनी दिइएको छ । 

इन्डोनेसियामा बारम्बार भूकम्प जाने गर्छ । सन् २००४ मा ९ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पपछिको सुनामीमा २ लाख २० हजारको मृत्यु भएको थियो ।  





  • प्रकाशित मिति : मंसिर २८, २०७८ मंगलबार १२:४३:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया