रामचन्द्र पौडेलको पनि मौन समर्थन देउवालाई नै !

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति चुन्नका लागि दोेस्रो चरणको निर्वाचन प्रक्रिया सुरु भइसकेको छ । यो निर्वाचनमा सभापतिका लागि पहिलो चरणका दुई प्रत्याशी शेरबहादुर देउवा र शेखर कोइराला उम्मेदवार रहेका छन् ।

पहिलो चरणमा सभापतिका आकांक्षी प्रकाशमान सिंह र विमलेन्द्र निधिले यो मतदानमा देउवालाई समर्थन गर्ने घोषणा गरिसकेका छन् । त्यस्तै, सभापतिका अर्का प्रत्याशी कल्याण गुरुङले पनि देउवालाई नै समर्थन गर्ने भएका छन् ।

अनि कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पनि देउवालाई नै समर्थन गर्ने भएका छन् ।

यसअघि १४ औं महाधिवेशनको सुरुवातमा सभापतिमा देउवाका प्रतिस्पर्धी मानिएका रामचन्द्र पौडेलले पनि अब देउवालाई नै समर्थन गर्ने भएका छन् । ‘उहाँले खुलेर नै त भन्नु भएको छैन,’ उनीनिकट एक नेताले फरकधारलाई बताए, ‘तर, उहाँको समर्थन पनि देउवालाई नै हो ।’

देउवाइतर पक्षबाट सभापतिका उम्मेदवार बन्न सक्ने अनुमान गरिएका पौडेलले अन्तिममा आफ्नो समूहमा समर्थन जुटाउन नसकेपछि कुनै पनि पदमा उम्मेदवारी दिएनन् । उनको समूहबाट शेखर कोइराला र प्रकाशमान सिंह सभापतिको आकांक्षासहित चुनावी मैदानमा होमिएका थिए ।





  • प्रकाशित मिति : मंसिर २८, २०७८ मंगलबार १६:२२:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया