लगानीकर्ता-अर्थमन्त्री छलफल, बोर्ड र नेप्सेमा छिटो नियुक्ति गर्न माग

नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले सेयर बजार प्रभावित भइरहेका बेला लगानीकर्ताका नेताहरूले माओवादी नेतासमेत रहेका अर्थमन्त्री जनार्दन शर्मासँग छलफल गरेका छन् । 

लगानीकर्ताहरूका संघसंस्थाको सहभागिता रहेको पुँजी बजार सुदृढीकरण बृहद् कार्यदलका पदाधिकारीले मन्त्री शर्मासँग भेटेर पुँजी बजारको वर्तमान अवस्था, सेयर धितो कर्जा, धितोपत्र बोर्ड र नेप्सेका प्रमुखको नियुक्तिलगायत ५८ बुँदे सुधारका काम गर्न आग्रह गरेका छन् ।

भेटमा अर्थमन्त्रीले पुँजी बजारको दिगो विकासका लागि आफू लागिरहेको बताउँदै लगानीकर्ताको माग पूरा गर्ने आश्वासन दिएका थिए । 

आइतबार नेता दाहालले पुँजी बजारको विरोधमा अभिव्यक्ति दिएपछि दुई दिनमै बजार डेढ सयभन्दा बढी अंकले घटेको थियो । 

मंगलबार भने सर्किट ब्रेक लाग्ने गरी बजार बढेको छ । साढे २ घण्टामै नेप्से सूचक १३७ अंकले बढेको छ । 

नेप्से ६ प्रतिशतले वृद्धि भए पनि साढे १ बजे नै मंगलबारको लागि कारोबार बन्द भएको थियो । 





  • प्रकाशित मिति : मंसिर २८, २०७८ मंगलबार १८:४:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया