कांग्रेस सभापति निर्वाचन : डेढ घण्टामा १ हजार मत खस्यो

नेपाली कांग्रेसको सभापति चयनका लागि भएको दोस्रो चरणको मतदानमा डेढ घण्टामा १ हजारभन्दा बढी मत खसेको छ। मतदान सुरु भएको डेढ घण्टामा १० हजार मत खसेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । 

कांग्रेस विधानमा सभापति चयन हुनका लागि कम्तीमा ५० प्रतिशत मत प्राप्त गर्नुपर्ने व्यवस्था छ। सोहीबमोजिम पहिलो चरणको मतदानमा कुनै पनि उम्मेदवारका पक्षमा ५० प्रतिशत नपुगेपछि दोस्रो चरणमा मतदान भएको हो । 

दोस्रो चरणमा पहिलो चरणमा शीर्ष मत प्राप्त गरेका दुईजना मात्र उम्मेदवार छन्। पहिलो चरणमा शेरबहादुर देउवा पहिलो र डा. शेखर कोइराला दोस्रो भएका थिए ।  

पहिलो चरण क्रमशः तेस्रो, चौथो र पाचौँ भएका प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले दोस्रो चरणमा वर्तमान सभापति देउवालाई नै समर्थन गरेका छन् । 





  • प्रकाशित मिति : मंसिर २८, २०७८ मंगलबार १८:१०:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया