नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत अहिले सभापति चयनका लागि दोस्रो चरणको मतदान भइरहेको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सुरु भएको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ।
निर्वाचन समितिले मतदान सकिएलगत्तै सभापतिको मतगणना हुने जनाएको छ । मतदान सकिएपछि राति १० बजेबाट मतगणना सुरु हुने सिमितिको भनाइ छ ।
भोलि बिहान २ बजेसम्ममा सभापतिको मत परिणाम आउने आकलन छ । अन्य पदको मतगणना भने पर्सि बिहिबारदेखि मात्रै सुरु हुनेछ । निर्वाचन समितिले भोलि बुधबारको दिनलाई आरामको समय तोकेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।