नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदका लागि भएको दोस्रो चरणको निर्वाचनको मतगणना सुरु भएको छ ।
यसअघि साढे १० बजे सुरु हुने भनिए पनि केही समयपछि मतगणना सुरु भएको हो ।
पहिलो चरणमा सभापतिका कुनै पनि उम्मेदवारले आवश्यक ५० प्रतिशत मत ल्याउन नसकेपछि मंगलबार दिउँसो दोस्रो चरणको निर्वाचन गरिएको थियो ।
दोस्रो चरणको निर्वाचनमा सभापतिका लागि पहिलो चरणमा पहिलो र दोस्रो भएका शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा भएको छ ।
निर्वाचनमा शेरबहादुर देउवालाई यसअघि पहिलो चरणका सभापतिका उम्मेदवार प्रकाशमान सिंह र विमलेन्द्र निधिको पनि साथ रहेको छ ।
लाइभ अपडेट्सका लागि फरकधार हेर्दै गर्नुहोला ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।