लिड्सविरुद्ध म्यानचेस्टर सिटीको गाेल वर्षा

अट्याकरले प्रभावशाली प्रदर्शन गरेपछि इंग्लिस प्रिमियर लिगमा पेप ग्वार्डिओलाको म्यानचेस्टर सिटीले लिड्स युनाइटेडविरुद्ध आधा दर्जन गोलको वर्षा गरेको छ । 

मंगलबार राति घरेलु मैदान इतिहादमा भएको खेलमा सिटीले लिड्स युनाईटेडलाई ७-० अन्तरले पराजित गरेको हो । सिटीको जितमा केभिन डे ब्रुयनले दुई तथा फिल फोडेन, ज्याक ग्रीयलिस, रियाद मेहरेज, जोन स्टोनेस र नाथन अकेले १/१ गोल गरे । 

सिटीका अट्याकरले उत्कृष्ट खेल प्रदर्शन गरेपछि पहिलो हाफमै ३ गोल भएको थियो भने दोस्रो हाफमा थप ४ गोल भए । डिफेन्डिङ च्याम्पियन सिटीको यो सिजनकै सबैभन्दा ठूलो जित हो । 

खेलको आठौँ मिनेटमा फिल  फोडेनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । १३ औँ मिनेटमा ज्याकले गोल गर्दा सिटीले दोहोरो अग्रता बनायो । ३२ औँ मिनेटमा डि ब्रुयनले गोल गर्दा सिटीले पहिलो हाफमै ३-० अन्तरको अग्रता बनायो ।

रियादको गोलमा ४९ औं मिनेटमा सिटीले चौथो अग्रता बनायो । ६२ मिनेटमा ब्रुयनले ब्यक्तिगत दोस्रो गोल गरे । स्टोनेसले ७४ औं मिनेटमा आधा दर्जन गोल पुर्याए । नाथनले ७८ औं मिनेटमा गोल गर्दा सिटीले ७–० अन्तरको फराकिलो जित पायो ।

मंगलबार रातिनै भएको खेलमा एस्टन भिल्लाले घरेलु टोली नर्विचलाई २–० अन्तरले पराजित गर्‍यो । 



जितसँगै सिटीले शीर्षस्थानमा ४ अंकको अग्रता बनाएको छ । १७ खेल खेलेको सिटी ४१ अंक बनाएको छ । १ खेल कम खेलेको लिभरपुल ३७ अंक सहित दोस्रो स्थानमा छ । पराजित लिड्स भने १७ खेलबाट १६ अंक बनाउँदा १६ औं स्थानमा छ । 



  • प्रकाशित मिति : मंसिर २९, २०७८ बुधबार ६:५१:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया