ओमिक्रोन अप्रत्यासित ढंगले फैलियो, नजरअन्दाज गर्दा परिणाम भयानक : डब्लूएचओ

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन विश्वव्यापी रूपमा अप्रत्यासित ढंगले तीव्र फैलिएको जनाएको छ । नयाँ भेरियन्ट अहिलेसम्म ७७ देशहरूमा फैलिइसकेको पुष्टि भइसकेको छ । 

डब्लूएचओका प्रमुख टेड्रोस एडहानोम घेब्रियसले नयाँ भेरियन्ट ७७ बाहेक अन्य देशहरूमा पनि फैलिएको हुन सक्ने अनुमान गरेका छन् । ओमिक्रोन नियन्त्रण गर्न देशहरूले पर्याप्त तयारी नगरेको उनले बताए । 

‘अहिले धेरैले नयाँ भाइरसलाई नजरअन्दाज गरेका छन् । ओमिक्रोनले गम्भीर असर नगरे पनि यसको अप्रत्यासित संक्रमण दर वास्तवमै चिन्ताजनक छ,’ उनले भने ।

ओमिक्रोन भेरियन्ट सबैभन्दा पहिला दक्षिण अफ्रिकामा नोभेम्बरमा देखिएको थियो । नयाँ भेरियन्ट देखिएसँगै दक्षिण अफ्रिकामा दैनिक संक्रमितको संख्या पनि बढेको छ । स्वंयम राष्ट्रपति सिरिल रामाफोसालाई कोभिड भएको छ र उनी अहिले आइसोलेसनमा छन् । 

ओमिक्रोनको कारण देखाउँदै विभिन्न देशले दक्षिण अफ्रिकामाथि यात्रा प्रतिबन्ध लगाएका छन् । नयाँ भेरियन्टका लागि बुस्टर डोज आवश्यक भएको भन्दै केही देशले खोप अभियानलाई तीव्र पारेका छन् । 





  • प्रकाशित मिति : मंसिर २९, २०७८ बुधबार ९:३७:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया