कालिन्चोकमा लेक लागेर आन्तरिक पर्यटकको मृत्यु

चरिकोट– दोलखाको प्रसिद्ध धार्मिक तथा पर्याटकीयस्थल कालिन्चोक मन्दिर दर्शन गर्न आएका एक पर्यटकको लेक लागेर मृत्यु भएको छ । काठमाडौँ काँडाघारीबाट दर्शन गर्न आएका ५८ वर्षीय कृष्णप्रसाद गौतमको आज मृत्यु भएको हो । 

अत्यधिक चिसो र लेक लागेका कारण गौतमको मृत्यु भएको हुनसक्ने प्रहरी नायब उपरीक्षक वासुदेव पाठकले बताए । दोलखाको कुरी बजारमा बास बसेको होटलमा नै उनको स्वास्थ्यमा समस्या देखापरेको थियो । 

शनिबार बिहान सदरमुकामस्थित सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु गौतमको भएको बताइएको छ । गौतमसहितको टोली काठमाडौँबाट बस रिर्जभ गरी कालिन्चोक दर्शनका लागि शुक्रबार दोलखा आएका थिए । 





  • प्रकाशित मिति : मंसिर ८, २०७५ शनिबार १४:३:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया