महामन्त्री पदका उम्मेदवार रिजाल भन्छन् – महाधिवेशनबाट सुन र पित्तल छुट्टियो

रक्षामन्त्री तथा कांग्रेस महामन्त्री पदका उम्मेदवार डा. मीनेन्द्र रिजालले महाधिवेशनबाट सुन र पित्तल छुट्टिएको बताएका छन् । उनको यो अभिव्यक्ति सभापति पदका उम्मेदवारहरू प्रकाशमान सिंह र विमलेन्द्र निधिलाई लक्षित हो । 

‘सुन र पित्तल छुटिन्छ भनिन्छ तातोमा । सुन र पित्तल छुट्टिएको छ । साथीहरू मसँग अलिक निराशाको कुरा गर्नुभएको छ । तर साथीहरू कठिन बाटोमा हिँड्ने कांग्रेस बनाइ छाड्छौँ’, रिजालले बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बताए । 

उनले सभापति पदमा पराजित डा. शेखर कोइराला पराजित भएपछि विजयी भएको महसुस भएको दाबी गरे । 

‘शेखर कोइरालालाई मत दिर सकारात्मक सन्देश प्रवाह भएको छ । विचारको विजय भइसकेको छ । जनताको बीचमा रहेर फेरि आशा जगाएर जान्छौँ ।’
कांग्रेस बीपी कोइरालाले भने जसरी चल्नुपर्ने रिजालको मत छ । निर्वाचनमा जित र हारलाई महत्वपूर्ण ठान्न पनि नहुने बताए । 

उनले कांग्रेसलाई आगामी निर्वाचनमा ठूलो पार्टी बनाएर देशको विकास गर्नु अवसर आएको र सभापतिमा निर्वाचित शेरबहादुर देउवालाई त्यो चुनौती रहेको उल्लेख छ ।





  • प्रकाशित मिति : मंसिर २९, २०७८ बुधबार १६:२०:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया