कांग्रेस महाधिवेशनः उपसभापतिमा सबैभन्दा पछाडि सुजाता

कांग्रेस महाधिवेशनमा उपसभापति चुन्नका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ । पछिल्लो तथ्यांकअनुसार ६ सय मत गनिएको छ । 

गनिएको मतमा सबैभन्दा बढी धनराज गुरुङले ल्याएका छन् । उनी शेखर कोइराला प्यानलबाट चुनावी मैदानमा उत्रिएका थिए ।

दोस्रोमा सभापति शेरबहादुर देउवा प्यानलबाट चुनावी मैदानमा उत्रिएका पूर्णबहादुर खड्का र विजयकुमार गच्छदार रहेका छन् । गुरुङले २५८ मत ल्याउँदा खड्का र गच्छदारले २४६ मत ल्याएका छन् ।

सभापतिमा उम्मेदवारमा सबैभन्दा पछाडि सुजाता कोइराला रहेकी छिन् । 

६ सय मत गन्दा उनले ५८ मत मात्र ल्याएकी छिन् । 

सुरुवाती ट्रेन्ड हेर्दा गुरुङ, खड्का र गच्छदारमध्ये दुई जना उपसभापति हुने सम्भावना बढी देखिन्छ ।





  • प्रकाशित मिति : मंसिर २९, २०७८ बुधबार २०:६:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया