बंगलादेशमा ‘एअर राइफल’ प्रयोगमा प्रतिबन्ध

बंगलादेशले सिकारीहरूबाट असुरक्षित वन्यजन्तु मार्ने क्रम नियन्त्रण गर्न ‘एअर राइफल’ प्रयोगमा प्रतिबन्ध लगाएको छ । असुरक्षित वन्यजन्तुमा साइबेरियाबाट न्यानो हिउँदे हावापानीको खोजीमा बसाइँ सर्ने चराहरूको बथान पनि समावेश गरिएको छ । 

बंगलादेशमा तीन दशकभन्दा अघि वन्यजन्तुको सिकार गर्न अवैध गरिएको थियो तर पछिल्ला प्रक्षेपणहरूमा ‘न्युमेटिक’ हतियारहरू अझै पनि ग्रामीण गाउँहरूमा चरा तथा अन्य साना जनावरहरू सिकार गर्न प्रयोग गर्ने गरिएको देखिएपछि सरकारले एअर राइफलको प्रयोगलाई पूर्ण प्रतिबन्ध लगाएको हो । 

दक्षिण एसियाली देशमा लगभग एक दर्जन जंगली चराहरू लोप हुन लागेका छन् । चोरी शिकारी नियन्त्रण गर्न यहाँका सुरक्षा संयन्त्रहरूको प्रयास जीवन्त हुन सकेको छैन । खतरामा परेका चराहरू राजधानी ढाकाको सडकमा खुलेआम बेचिएका पाइन्छन् ।

वन विभागका प्रमुख मोला रेजाउल करीमले नयाँ आदेशबारे एएफपीसँगको प्रतिउत्तरमा भने, 'हामीले वन्यजन्तु र जंगली चरा सिकारीविरुद्धको अभियानको घोषणा गरेका छौँ । लोपुन्मुख वन्यजन्तु संरक्षणमा बंगलादेशको यो प्रयासमा ‘कोसेढुङ्गा’ सावित हुने विश्वास गरिएको छ ।'

प्रत्येक वर्ष रूसबाट दक्षिणतिर बसाइँ सर्ने पंक्षीका बथानलगायत यस देशमा चराहरूको मृत्युको लागि हवाई राइफल जिम्मेवार भएको करीमले बताए ।

बंगलादेशमा ७०० भन्दा बढी प्रजातिका जंगली चराहरू बसोबास गर्छन् तर सिकार, जलवायु परिवर्तन र घट्दो जङ्गलहरूका कारण सुरक्षित आवासको ह्रास हुँदै जाँदा उनीहरूको अस्तित्व सङ्कटमा परेको छ ।



'एअर राइफल हाम्रो स्थानीय चराहरूको सुरक्षाका लागि सबैभन्दा बढी घातक मानिएका छन्,' बंगलादेशका प्रख्यात चरा विशेषज्ञ तथा लेखक शरिफ खानले बताए । 

'कुनै गाउँमा एउटा एअर राइफल छ भने सयौं मानिसहरूले यसको प्रयोग गरिरहेका छन् । यदि (कानुन) लागू भयो भने हामी हजारौं चराहरूलाई बचाउनेछौं,' उहाँले एएफपीसँग भने । 



  • प्रकाशित मिति : मंसिर २९, २०७८ बुधबार २०:५५:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया