\
कांग्रेस उपसभापतिको जारी मतगणनामा २३०० मत गन्दा धनराज गुरुङ पहिलो र डा. चन्द्र भण्डारीले दोस्रो भएका छन् ।
गुरुङले ९६० मत ल्याउँदा भण्डारीले ८७० मत ल्याएका छन् ।
उनीहरु दुवैजनाले शेखर कोइराला समूहबाट प्रतिस्पर्धा गरेका हुन् ।
त्यस्तै सभापति शेरबहादुर देउवा प्यानलका पूर्णबहादुर खड्काले ८४० र विजयकुमार गच्छदारले ६६० मत पाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।