कांग्रेस महाधिवेशन: काेइराला छाडेर प्रकाशमान प्यानलमा गएकी सुजता निकै कमजाेर

नेपाली कांग्रसको १४ औं महाधिवेशनको मतगणना जारी छ । पार्टी कार्यालय सानेपामा जारी मतगणनामा अहिलेसम्म शेखर कोइराला प्यानलबाट उम्मेदवार बनेका धनराज गुरुगं र चन्द्र भण्डारीले अग्रता लिएका छन् । 

यसअघि सभापतिका लागि भएको दुई चरणको निर्वाचन पछि शेरबहादुर देउवा विजयी भइसकेका छन् । कांग्रेस पदाधिकारीमा उम्मेदवारी घोषणा गर्दैगर्दा प्यानल परिवर्तन गरेकी सुजता कोइरालाको भने झिनो मत आएको छ । 

मतगणनामा सुजताको निकै कमजोर प्रदर्शन देखिएको छ । उनी पूर्वउपप्रधानमन्त्री समेत हुन् । उनी पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति स्व. गिरिजाप्रसाद कोइारालाकी पुत्री पनि हुन् । 

संस्थापन इतर समूहमा रहेकी उनले अन्तिम समयमा प्रकाशमान सिंहको टिमलाई साथ दिँदै उम्मेदवारी घोषणा गरेकी थिइन् । तर, मतगणना जारी भइरहँदा उनको मत भने निकै झिनो देखिएको छ । 

उपसभापतिको गणना सकिएपछि महामन्त्रीको गणना सुरु गर्ने निर्वाचन आयोगको तयारी छ ।
 





  • प्रकाशित मिति : मंसिर २९, २०७८ बुधबार २२:०:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया