गण्डकी प्रदेशमा कक्षा १२को उत्तरपुस्तिका पुनः परीक्षण गरिने

गण्डकी प्रदेशमा कक्षा १२को उत्तरपुस्तिका पुनः परीक्षण गरिने भएको छ । नतिजामा असन्तुष्टि जनाउँदै मंसिर १९ देखि विद्यार्थीले आन्दोलन गरेपछि विद्यार्थी र परीक्षा व्यवस्थापन बोर्डबीच यस्तो सहमति भएको हो । 

सो सहमतिसँगै विद्यार्थीले आन्दोलन स्थगित गरेका छन् । आन्दोलनरत विद्यार्थी र परीक्षा व्यवस्थापन बोर्डबीच उत्तरपुस्तिका पुनः परीक्षण गर्ने सहमतिपछि आन्दोलन स्थगित गरिएको हो । सहमति अनुसार १५ दिनभित्रै नतिजा सार्वजनिक गर्ने बताइएको छ ।

पुनः परीक्षणको शुल्क भने सम्बन्धित क्याम्पसले तिर्ने गरी सहमति गरिएको आन्दोलनरत विद्यार्थीले बताएका छन् । आन्दोलनका क्रममा प्रहरी हस्तक्षेपका कारण घाइते विद्यार्थीको निःशुल्क उपचार गर्ने सहमति पनि भएको छ । 

कानुन संकायका विद्यार्थीहरूले निकै न्यून अंक आएको भन्दै पुनः परीक्षणको माग गरेका थिए । परीक्षा दिएका २ सय विद्यार्थीकै नतिजा अप्रत्याशित आएको विद्यार्थीहरूको गुनासो छ ।

केफ र पश्चिमाञ्चल क्याम्पसले आफ्ना विद्यार्थीको शुल्क तिरिदिन लागेको छ । गण्डकीका ७ वटा क्याम्पसबाट पहिलो पटक कानुन विषयको पढाई थालिएको हो ।





  • प्रकाशित मिति : मंसिर २९, २०७८ बुधबार २३:७:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया