\
नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् ।
आज भएको मतगणनाको अन्तिम नतिजामा गुरुङले उपसभापतिका अर्का उम्मेदवार विजयकुमार गच्छदारलाई पराजित गर्दै उपसभापतिमा निर्वाचित भएका हुन् ।
उपसभापति निर्वाचित गुरुङ र गच्छदारको मतान्तर दुई मात्र रहेको निर्वाचन समितिका एक सदस्यले फरकधारलाई जानकारी दिए ।
यसबारे आधिकारिक घोषणा केहीबेरमा गरिँदै छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।