नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री चुन्नका लागि भएको निर्वाचनको प्रारम्भिक नतिजा आउन थालेको छ ।
कांग्रेस पार्टी कार्यालयमा भएको मतगणनामा पहिलो ६ सय मत गन्दा गगन थापा, प्रदीप पौडेल र विश्वप्रकाश शर्माको प्रतिस्पर्धा देखिएको छ ।
यसमा गगन सबैभन्दा अगाडि छन् ।
६ सय मत गन्दा आएको नतिजाअनुसार गगन थापाले ३८९ मत ल्याउँदा विश्वप्रकाश शर्माले २२९ मत ल्याएका छन् । अनि प्रदीप पौडेलले २०६ मत ल्याएका छन् ।
महामन्त्रीका अन्य उम्मेदवार प्रकाशशरण महतले १९३, मिनेन्द्र रिजाले १०८ र राजाराम कार्कीले १८ मत ल्याएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।