कैलालीमा २५ वर्षीय युवकको घाँटी रेटेर हत्या

कैलालीको जानकी गाउँपालिका- ९ का २५ वर्षीय अरुण दासको हत्या भएको छ । वडा नम्बर ९ कै अमरावती सामुदायिक वनमा दासको घाँटी रेटर टाउको अलग पारिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जंगलमा घाँटी रेटेको अवस्थामा शव फेला परेको जानकारी दिए । उनले घटनास्थलमा प्रहरी टोली पुगेको र अनुसन्धान भइरहेको बताए । 

‘परिवारका सदस्यले दिएको जानकारीअनुसार उनी आज विहान मात्रै साथीसँग जान्छु भनेर निस्केका थिए,’ प्रहरी नायब उपरीक्षक जोशीले भने, ‘बीभत्स अवस्थामा उनी मृत फेला परेका छन् । अनुसन्धानमा तालिम प्राप्त कुकुर पनि प्रयोग हुन्छ ।’

घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलाली र सुदूरपश्चिम प्रदेश प्रहरीको टोली तालिम प्राप्त कुकरसहित घटनास्थलतर्फ गएको छ । 

एक प्रहरी अधिकारीका अनुसार घटनास्थल हेर्दा सुरुमा उनलाई रुखमा बाँधेको देखिएको छ । ‘रुखमा बाँधेर नग्न बनाउँदै घाँटी रेटेर हत्या गरेको देखिन्छ,’ ती अधिकारीले भने ।





  • प्रकाशित मिति : पुस ३, २०७८ शनिबार १९:३०:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया