प्रधानमन्त्री कप : लुम्बिनी सेमिफाइनल नजिक

लुम्बिनी प्रदेश प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल नजिक पुगेको छ । 

समूह ‘ए’ अन्तर्गत फाप्ला क्रिकेट मैदानमा कर्णाली प्रदेशलाई १० विकेटले पराजित गर्दै लुम्बिनी सेमिफाइनल नजिक पुगेको हो । 

मैदान भिजेका कारण खेल ६ ओभरमा झारिएको थियो । जसमा लुम्बिनीले जम्मा १८ रनको लक्ष्य पाएको थियो । सो लक्ष्य लुम्बिनीले ३.१ ओभरमा कुनै पनि विकेट नगुमाएर पूरा गरेको हो । 

लुम्बिनीका लागि लक्ष्मी चौधरी १२ र नेरी थापा ५ रनमा अविजित रहेका हुन् । 

यसअघि कर्णालीले ६ ओभरमा ३ विकेट गुमाएर १७ रन जोडेको थियो । कर्णालीका लागि कप्तान आयुशा टन्डन र दिक्ष्या पुरीले समान ७–७ रन जोडे । 

लुम्बिनीका लागि सुस्मिता भुषालले दुई तथा नेरी थापाले एक विकेट हात पारे । 



चार टोली रहेको यस समूहमा लुम्बिनीले लगातार दोस्रो जित हात पार्दै दुई खेलबाट चार अंक जोडेको छ । 

यता आफ्नो पहिलो खेल जितेको प्रदेश- १ को दुई अंक रहेको छ ।



कर्णालीले भने लगातार दुई खेलमा पराजित भएको छ । बागमती प्रदेशले पनि पहिलो खेलमा पराजय भोगेको हो ।

  • प्रकाशित मिति : पुस ४, २०७८ आइतबार १४:२०:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया