इन्द्रेणी फुडल्याण्डमा आगलागी, नियन्त्रणको प्रयास जारी

काठमाडौंका नयाँ बानेश्वरमा रहेको इन्द्रेणी कम्प्लेक्समा आगलागी भएको छ । इन्द्रेणी फुडल्याण्डको जीम सेन्टरमा आगलागी भएको हो । अहिले काठमाडौं महानगरपालिकाको एउटा दमकल आगलागी भएको क्षेत्रमा पुगेको छ । जसले आगो निभाउने प्रयास गरिरहेको छ । 

आगो निभाउनको लागि सुरक्षाकर्मीसँगै स्थानीयले समेत सहयोग गरिरहेका छन् । दिउँसो विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।

इन्द्रेणी फुडल्याण्डका निर्देशक विमुक्ति चापागाईंले विद्युत सर्ट भएर आगलागी भएको जानकारी दिँदै आगो निभाउने काम भइरहेको बताए । 





  • प्रकाशित मिति : पुस ५, २०७८ साेमबार १५:४५:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया