प्रदेश २ को नाम ‘मधेस’, राजधानी ‘जनकपुरधाम राख्न लोसपाको प्रस्ताव, संसदीय वार्ता टोली गठन

प्रदेश नम्बर–२ को नाम र राजधानी सम्बन्धमा प्रदेशसभाभित्र रहेका दलहरुसँग छलफल तथा सहमति निर्माण गर्नका लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)नेपालले संसदीय वार्ता टोली गठन गरेको छ । 

आगामी बैठकमा प्रदेशको नाम ‘मधेस प्रदेश’ र राजधानी ‘जनकपुरधाम’ हुने गरी छलफल तथा सहमति गर्न लोसपा नेपालले वार्ता टोली गठन गरेको हो ।
 
लोसपा नेपाल संसदीय दलको निर्णयअनुसार प्रदेशको नाम ‘मधेस प्रदेश’ र राजधानी ‘जनकपुरधाम’का लागि प्रदेशसभाभित्र रहेका दलहरुसँग छलफल तथा सहमति निर्माण गर्न प्रदेशसभा सदस्य रानी शर्मा तिवारीको संयोजकत्वमा वार्ता टोली गठन गरिएको लोसपा नेपाल प्रदेश २ का संसदीय दलका नेता जितेन्द्र सोनलले जानकारी दिए । 

वार्ता टोलीको सदस्यहरुमा प्रदेशसभा सदस्य परमेश्वर साह, जैनुल राइन, अभिराम शर्मा, उपेन्द्र महतो, बाबुलाल साह र प्रह्लाद गिरी रहेका छन् । 

नेता सोनलले वार्ता टोलीले सबै दलसँग छलफल संवाद गरी सहमतिमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।
 
बिहीबार बस्ने प्रदेशसभाको आठौँ अधिवेशनको दोस्रो बैठकमा प्रदेशको नाम र राजधानीसम्बन्धी प्रस्ताव पेस हुने बताइएको छ ।





  • प्रकाशित मिति : पुस ६, २०७८ मंगलबार १८:५१:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया