सेयर बजारमा हरियाली : नेप्से परिसूचक ९२.१६ अंकले बढ्यो

एक महिनादेखि निरन्तर रूपमा गिरावट हुँदै आएको शेयर बजार मापक नेप्से परिसूचक बुधबार पनि बढेको छ ।

गत सोमबार नेपाल राष्ट्र बैंकले पछिल्लो समय आयात अत्यधिक रूपमा बढेको भन्दै वस्तु आयात गर्दा बैंक ऋण प्रयोग गर्न नपाइने व्यवस्था र स्थानीय तहको सञ्चित कोषमा जाने रकमको ८० प्रतिशत निक्षेपमा गणना गर्न सक्ने व्यवस्था गरेसँगै मंगलबारदेखि सेयर बजार उकालो लाग्न थालेको छ । 

राष्ट्र बैंकको यस्तो व्यवस्थाले तरलता बढाउने अपेक्षाले मंगलबारबाट नेप्से परिसूचकमा हरियाली छाउन थालेको छ । मंगलबार  ५६.७३ अंकले बढेको नेप्से बुधबार एकैदिन ९२.१६ अंकले बढेर २ हजार ५०७.७०  बिन्दुमा पुगेको छ । 

पछिल्लो समय निरन्तर रुपमा बजार घटेर २३ सय बिन्दु भन्दा तल झरेको थियो  । यता ठूला कम्पनीको बजार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १४.७४ अंकले बढेर ४७७.२६ अंकमा पुगेको छ ।

आज कारोबारमा आएका २३३ कम्पनीको ८१ लाख ४ हजार ३१९ कित्ता शेयर ४ अर्ब ५२ करोड ३३ लाख ३८ हजार १४३ रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबारको तुलनामा बुधबार नेप्सेको कारोबार रकम पनि दोब्बरले बढेको छ ।

आज पनि कारोबारमा आएका १३ वटै उपसमूहको सूचकमा हरियाली छाएको छ । जसमा सबै भन्दा बढी व्यापार उपसमूहको ८.२३ प्रतिशतले बढेको छ । हाइड्रोपावर ६.०३ प्रतिशत, विकास बैंक उपसमूहको ५.५१ प्रतिशतले बढेको छ । भने बैंकिङ्ग उपसमूह २.२२ प्रतिशत, निर्जीवन बिमाको ४.७६ प्रतिशत, लगानी उपसमूहको ५.१९ प्रतिशतले बढेको छ।



आज चार कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट, शिवम् सिमेन्ट, अपर तामाकोशी हाइड्रोपावर र बरुण हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशतले कमाएका छन । साथै स्वाभिमान लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन्।

आज हिमालयन डिस्टिलरी लिमिटेडको सबैभन्दा बढी सेयर किनबेच भएको छ ।  हिमालयन डिस्टिलरीको प्रतिकित्ता ७ हजारले ६८ करोड ६४ लाख रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै अपर तामाकोसीको ६४९ मा १५ करोड ८२ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।



  • प्रकाशित मिति : पुस ७, २०७८ बुधबार १६:५:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया