एक सातादेखि हराएकी महिलाको शव जंगलमा फेला

विगत एक सातादेखि हराएकी रुकुम (पूर्व) की एक महिलाको शव जंगलमा फेला परेको छ । सिस्ने–५ बाहुनठानाकी २९ वर्षीया सुफिया शाहको शव जंगलमा फेला परेको हो । 

उनी घरबाट हराएको एक सातापछि मृत अवस्थामा सिस्ने–५ कै कारागाउँ नजिकैको थोतेगैरा भन्ने ठाउँमा फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) ले जानकारी दिएको छ । 

शाह पुस १ गते घरबाट हराएको परिवारले बताएको छ । परिवारले खोजी गर्दा पनि नभेटिएपछि पुस ४ गते जिल्ला प्रहरी कार्यालयलाई खोजीका लागि आग्रह गरेको थियो । 

त्यसै, सिलसिलामा आज शाहको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) का प्रहरी नायब उपरीक्षक गनेशबहादुर श्रेष्ठले बताए । शाहको शव घाँस काट्न गएका स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।  

शाहको मृत्यु बाटोबाट लडेर भएको प्रनाउ श्रेष्ठले बताए । परिवारका अनुसार शाह लामो समयदेखि मानसिक रोगबाट ग्रसित रहेकाले हिँडडुल गर्ने क्रममा लडेर मृत्यु भएको हुनसक्ने उनले बताए । शवको रुकुम (पूर्व) अस्पतालमा परीक्षण गरिएको छ ।





  • प्रकाशित मिति : पुस ७, २०७८ बुधबार २०:५१:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया