रामोसले रातो कार्ड पाएको खेलमा बराबरीमा रोकियो पिएसजी

सर्जियो रामोसले दोस्रो खेलमै रातो कार्ड सामना गरेको खेलमा माउरो इकार्डीले गोल गर्दै फ्रेन्च लिग वानमा पेरिस सेन्ड जर्मेन (पिएसजी) लाई हारबाट जोगाएका छन् । 

बुधबार राति भ्रमणकारी टोली पिएसजीले लोरियन्टसँग १–१ गोलको बराबरीमा रोकिँदै अंक बाँडेको हो । लोरेन्टमा भएको खेलमा थोमस मोनकोनडुईटले ४० औं मिनेटमा घरेलु टोलीलाई अग्रता दिलाए । 

८६ औं मिनेटमा पिएसजी १० खेलाडीमा सीमित भयो । दोस्रोपटक पिएसजी आएपछि मैदान प्रवेश गरेका रामोसले दोहोरो पहेँलो कार्ड ब्यहोरे । 

खेलको इन्जुरी समयमा माउरो इकार्डीले अचराफ हाकीमीको पास सदुपयोग गर्दै पिएसजीलाई हारबाट बचाए । 

बराबरीमा राेकिए पनि पिएसजी १९ खेलबाट ४६ अंकसहित शीर्ष स्थानमा कायमै छ । उसँग १३ अंकको अग्रता छ । दोस्रो स्थानको नाइससँग १९ खेलबाट ३३ अंक छ ।  





  • प्रकाशित मिति : पुस ८, २०७८ बिहीबार ८:२:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया