कारवाओ कप : टाेटेनहम, चेल्सी र लिभरपुल सेमिफाइनलमा

इङ्लिस फुटबल लिग (कारवाओ कप) अन्तर्गत बुधबार भएका आआफ्ना खेलमा जित हात पार्दै टाेटनहम ,चेल्सी र लिभरपुलले सेमिफाइनलमा स्थान बनाएका छन्।

टाेटेनहमले वेस्टह्याम युनाइटेडमाथि २-१ काे राेमाञ्चक जित हात पार्‍याे । स्टेभन बर्गविजन र लुकासले एक-एक गाेल गर्दा वेस्टह्यामका लागि जारेड बाेविनले एक गाेल फर्काए ।

बर्गविजनले २९औं मिनेटमा गाेल गर्दै टाेटेनहमलाई अग्रता दिलाएका थिए । ३२औं मिनेटमा बाेविनले खेललाई १-१ काे बराबरीमा ल्याए ।

३४औं मिनेटमा लुकासले गाेल गर्दा २-१ काे जित निकाल्दै टाेटेनहमले सेमिफाइनलमा स्थान पक्का गर्‍याे ।

चेल्सीले ब्रेन्टफाेर्डमाथि २-० काे सहज जित हात पार्‍याे । चेल्सीले एक गाेल आत्मघाती उपहारस्वरूप प्राप्त गर्दा एक गाेल जर्जिन्हाेले गरे ।

खेलकाे ८०औं मिनेटमा पाेन्टुस जानसनकाे आत्मघाती गाेलमार्फत् चेल्सीले अग्रता लिएकाे थियाे ।



८५ औं मिनेटमा जर्जिन्हाेले पेनाल्टीमार्फत् गाेल गर्दै चेल्सीलाई सहज जित दिलाए । लिभरपुलले लेस्टर सिटीलाई ट्राइब्रेकेरमा ५-४ ले पराजित गर्‍याे ।

ट्राइब्रेकेरमा लिभरपुलका डिएगाे जाेटा, नाबी केइटा, एलेक्स चामबर्लिन, राेबर्टाे फिर्मिनाे र  जेम्स मिल्नरले गाेल गर्दा  ताकुमी मिनामिनाेले गाेल गर्न सकेनन् ।



लेस्टरका केल्ची इहेनाचाे, मार्स एलब्रिग्रटन, जेम्स मडिसन र युरी टेलिमन्सले गाेल गर्दा रायन ब्रेटरान्ड र लुक थाेमस चुके ।

निकै राेमाञ्चक बनेकाे खेल निर्धारित समयमा ३-३ काे बराबरीमा सकिएपछि विजेताकाे टुङ्गो  ट्राइब्रेकरबाट लगाइएकाे हाे ।

लिभरपुलका लागि एलेक्स चामबर्लिन, डिएगाे जाेटा र ताकुमी मिनामिनाेले गाेल गरेका थिए ।

लेस्टरका लागि जिमी भार्डीले दुई तथा जेम्स मिडसनले एक गाेल गरे । ​खेलकाे नवाैं तथा १३औं मिनेटमा भार्डीले गाेल गर्दै लेस्टरलाई २-० ले अगाडि बढाएका थिए ।

१९औं मिनेटमा चामबर्लिनले खेललाई २-१ काे अवस्थामा ल्याए । ३३औं मिनेटमा मडिसनले लेस्टरलाई ३-१ काे अग्रता  दिलाए ।

६८औं  मिनेटमा जाेटा र थप गरिएकाे मिनेटमा मिनामिनाेले गाेल गरेपछि खेल ३-३ को बराबरीमा सकिएकाे थियाे ।

सेमिफाइनलमा चेल्सीले टाेटेनहम तथा लिभरपुलले आर्सनलकाे सामना गर्नेछन् ।

  • प्रकाशित मिति : पुस ८, २०७८ बिहीबार ८:११:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया