सवारी ज्यान मुद्दाका फरार अभियुक्त ६ वर्षपछि पक्राउ

जिल्ला प्रहरी कार्यालय लमजुङले सवारी ज्यान मुद्दामा फरार एक जनालाई ६ वर्षपछि पक्राउ गरेको छ ।

१ वर्ष १० महिना कैद सजाय भई फरार रहेका बेँसीसहर नगरपालिका-१ उदिपुरका रुकेश विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो ।

रुकेशलाई जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटीएको बिशेष टोलीले बेँसीशहर नगरपालिका-८ बाट बुधबार पक्राउ गरेको लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए ।
  
रुकेशले चलाएको बसले ०७३ साल असार महिनाको १९ गते चितवन जिल्लाको कुरिनटारमा पैदल यात्रीलाई ठक्कर दिँदा यात्रीकाे मृत्यु भएको थियो ।

रुकेश उपर ०७५ साल माघ ८ गते उक्त कैद सजाय हुने गरी चितवन जिल्ला अदालतबाट मुद्दा फैसला भएकोमा उनी फरार रहेका थिए । 

पक्राउमा परेका रुकेशलाई बुधबार जिल्ला अदालत लमजुङमा पेस गरी कैद भुक्तान गर्नको लागि कारागार चलान गरिएको छ । 





  • प्रकाशित मिति : पुस ८, २०७८ बिहीबार ९:३४:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया