मेडिकल कलेजले बढी शुल्क लिएकोबारे सत्यतथ्य बुझेर समाधान गर्न समितिको निर्देशन
फाइल तस्वीर

शिक्षा तथा स्वास्थ्य समितिले मेडिकल कलेजमा सरकारले तोकेभन्दा बढी शुल्क लिएको विषयमा सत्यतथ्य बुझेर समस्या समाधान गर्न र सरकारले शिक्षा सम्बन्धि ल्याउने विधेयक तथा ऐन छिटो ल्याउन सरकारलाई निर्देशन दिएको छ ।

प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बिहीबार बसेको बैठकले मेडिकल कलेजमा सरकारले तोकेभन्दा बढी शुल्क लिएको विषयमा सत्यतथ्य बुझेर समस्या समाधान गर्न निर्देशन दिएको हो ।

त्यस्तै, समितिले शिक्षा सम्बन्धि विधेयक तथा ऐन छिटो ल्याउन पनि सरकारलाई निर्देशन दिएको छ । यसभन्दा अघि पनि मेडिकल कलेजमा शुल्क बढी लिएको विवाद भएको भन्दै सभापति जयपुरी घर्तीले अहिलेको विषय के हो सत्यतथ्य बुझेर समस्या समाधान गर्न निर्देशन सरकारलाई निर्देशन दिइन् । सभापति घर्तीले  सरकारले प्रतिबद्धता गरे अनुसारका शिक्षा विधेयक तथा ऐन पनि तत्काल ल्याउन निर्देशन दिइन् ।

उनले बालविकास शिक्षकको तलबवृद्धि नभएको उल्लेख गर्दै उनले भनिन्, 'बालविकास शिक्षकलाई तलबवृद्धि गर्ने विषयमा सरकारले कार्यान्वयन नभएको भन्ने विषय आएकाले बालविकास शिक्षकलाई तलब वृद्धि गर्न जरुरी छ । अन्य शिक्षकको तलब बढ्ने तर, बाल शिक्षकले चाहिँ ६ हजारमा काम गर्ने अवस्था हुँदैन । उनीहरूको तलब एकदमै न्यन रहेको छ । त्यस्तै शिक्षक दरबन्दीको विषयमा काम गरिएको भन्ने विषय आएको छ । शिक्षक दरबन्दीको विषय पनि कार्यान्वयन गर्ने जरुरी छ ।'

त्यस्तै, बैठकले यसअघि नै समितिले एसईई परीक्षा नगर्नु भनेर सरकारलाई दिएको निर्देशन कार्यान्वयन गर्न पनि सरकारलाई ध्यानाकर्षण गराएको छ ।

'एसईई विषयमा धेरै पटक छलफल भएको छ । अहिले त झन कोरोनाको समय छ गर्नै हुँदैन । सरकारले यस अगाडि नै कक्षा १२ सम्मलाई विद्यालय शिक्षा लेबल घोषणा गरेको छ । यसले गर्दा यस अगाडि पनि एसईई गर्नु हुँदैन भनेर निर्देशन समितिले निर्देशन दिएको थियो । तर, कार्यान्वयन नभएकाले त्यो निर्देशन कार्यान्वयन गर्न निर्देशन दिएका छौं’ उनले भनिन् ।





  • प्रकाशित मिति : पुस ८, २०७८ बिहीबार १७:१५:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया