ब्राजिलियन फुटबल लिजेन्ड पेले अस्पतालबाट डिस्चार्ज

पेटको ट्युमरको नियमित उपचारका लागि अस्पताल भर्ना भएका ब्राजिलियन फुटबल लिजेन्ड पेले डिस्चार्ज भएका छन् ।

परिवारसँग क्रिसमस मनाउन भन्दै ८१ वर्षीय पेलेले अस्पतालबाट डिस्चार्ज लिएको बताइएको छ । घरमै रहेपनि उनी पूर्ण रूपमा चिकित्सकको निगरानीमा नै रहने छन् ।

पेलेको गत सेप्टेम्बरमा ट्युमरको शल्यक्रिया गरिएको थियो । तीनपटक विश्वकप जित्ने एकमात्र खेलाडी पेले दुई सातअघि पुन: साओ पाउलोको अल्बर्ट आइन्टाइन अस्पतालमा भर्ना भएका थिए ।

पेले ब्राजिलका सर्वाधिक गोलकर्ता हुन् । उनले ९२ खेलमा ७७ गोल गरेका छन् । पेलले सन् १९५८, १९६२ र १९७० मा विश्वकप जितेका थिए । 





  • प्रकाशित मिति : पुस ९, २०७८ शुक्रबार ११:११:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया