झ्याप-झ्याप बिजुली जाने समस्या केही दिनमै हल हुन्छ : कुलमान घिसिङ

नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले देशभर विद्युतको लोड बढेकोले काठमाडौंमा बिजुली गइरहेको बताएका छन् ।

शुक्रबार ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले लोड धेरै बढेपछि ट्रान्सफर्मर फेर्नुपर्ने र फेर्नका लागि केही समय लाग्ने भएकोले बिजुली गइरहेको बताएका हुन् । उनले उपत्यकाको समस्या केही दिनमै हल हुने पनि विश्वास दिलाए । उनले बिजुलीको माग गत वर्षभन्दा ३० प्रतिशतसम्म बढेको बताए ।

‘अहिले देशभर हाम्रो डिमान्ड गत सालको भन्दा २५ देखि ३० प्रतिशत बढेको छ । इण्डक्शनदेखि लिएर अहिले सबै इक्युपमेन्टहरु प्रयोग भयो कि जस्तो देखिन्छ,' उनले भने, 'अब काठमाडौंमा अलिकति ठाउँ ठाउँमा अहिले समस्या आएको भन्ने मलाई पनि जानकारी भएको छ । बेलुका साढे ५ देखि ७ बजेसम्म पिक हुन्छ । हाम्रो त्यो पिकको टाइममा केही ट्रान्सफर्मरहरू ओभरलोडिङ भएको देखिन्छ । त्यसलाई तत्काल हामीले रिफ्लेश गरेर अर्को ट्रान्सफर्मर राख्ने काम पनि भइरहेको छ ।'

प्रमुख कार्यकारी निर्देशक घिसिङले जायिकाको १५० मिलियनको फण्ड आइरहेको र त्यो फण्ड काठमाडौं र पोखराका प्रमुख क्षेत्रमा अण्डराउण्ड केवलिङमा हुने बताए । 





  • प्रकाशित मिति : पुस ९, २०७८ शुक्रबार १८:१७:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया