मदिरा वा चुरोट कुन बढी हानिकारक ?

एजेन्सी– एक हप्तामा ७५० मिलीलिटर मदिरा सेवनबाट क्यान्सरको खतरा जति हुन्छ, त्यति नै खतरा एक हप्तामा दश सिगरेट पिउने महिला र पाँच सिगरेट पिउने पुरुषमा हुने गर्छ । बेलायतमा हालै क्यान्सरका लागि मदिरा वा चुराेट कुन बढी हानिकारक हुन्छ भनेर एक अध्ययन गरिएकाे थियाे । 

बेलायतका अध्ययनकर्ताहरु याे अध्ययन कम पिउने मानिसलाई स्वास्थ्यप्रति जागरुक गराउने तरिका हो भन्छन् । अनुसन्धानकर्ताले क्यान्सर रिसर्च युकेको क्यान्सरको खतरामा आधारित डेटाको प्रयोग गरेका थिए ।

विशेषज्ञहरु अधिकांश मदिरा पिउने मानिसलाई मदिराको तुलनामा सिगरेट पिउनु धेरै खतरनाक हुन सक्छ, यसले उनीहरुमा क्यान्सर हुने जोखिम बढाउने बताउँछन् । 

विशेषज्ञहरु एक हप्तामा १४ युनिटभन्दा बढी मदिरा नपिउन सल्लाह दिन्छन् । यो बियरको ६ प्वाइन्ट र ६ ग्लास वाइन बराबर हुन्छ । 

यदि स्वास्थ्य प्रतिकुल अवस्थामा छ भने अल्कोहलको कुनै पनि मात्रा शरीरका लागि उपयुक्त हुँदैन । अध्ययनका अनुसार थोरै पिउने व्यक्ति पनि क्यान्सरको खतराबाट बाहिर रहँदैनन् । 



बिएमसी पब्लिक हेल्थको लेखमा अनुसन्धानकर्ताले भनेका छन् ‘चुरोट नपिउने एक हजार पुरुष र एक हजार महिला हप्तामा एक बोतल मदिरा पिउँछन् भने उनीहरुमध्ये १० पुरुष र १४ महिलामा क्यान्सर हुने खतरा धेरै हुन्छ ।’

मदिराले महिलामा स्तन र पुरुषमा पेट, कलेजो क्यान्सरको जोखिम बढाउँछ । 



नाटिंगम युनिभर्सिटीका प्रोफेसर जन ब्रिटन भन्छन् ‘मानिसहरुको खतराको तुलना गरेर मदिरा र चुरोट रोज्छन जस्तो मलाई लाग्दैन ।’ब्रिटेन युके सेन्टर फर टोबाको एन्ड अल्कोहल स्टडिजका निर्देशक हुन् । 

उनि भन्छन् ‘यो अध्ययनले मदिराको तुलनामा चुरोट पिउनु बढी खतरनाक रहेको देखाउँछ । यस्तो जोखिमबाट बच्न चुरोट पिउन छोड्नुबाहेक अरु कुनै विकल्प छैन् ।’ 

प्रोफेसर ब्रिटन मदिरा सेवन गर्नेहरुले १४ युनिटभन्दा बढी पिउन नहुने बताउँछन् । यो अध्ययनले मानिसको सोचमा परिवर्तन आउने उनी विश्वास गर्छन् । 

  • प्रकाशित मिति : पुस ९, २०७८ शुक्रबार २२:५६:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया