माओवादी राष्ट्रिय सम्मेलन : १४८ प्रतिनिधि छनोट गर्ने अधिकार प्रचण्डलाई

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले १० प्रतिशत प्रतिनिधि छनोट गर्ने अधिकार प्राप्त गरेका छन् ।

महाधिवेशनअघि बसेको स्थायी समिति बैठकमार्फत अध्यक्ष प्रचण्डले कुल १ हजार ४८३ राष्ट्रिय सम्मेलन प्रतिनिधिको १० प्रतिशत छनोट गर्ने अधिकार प्राप्त गरेका हुन् । 

प्रवक्ता कृष्णबहादुर महराका अनुसार प्रचण्डले विभिन्न पार्टीबाट प्रवेश गरेकासहित १ सय ४८ प्रतिनिधिलाई राष्ट्रिय सम्मेलन प्रतिनिधिको रूपमा मनोनयन गर्नेछन् । 

माओवादीको प्रथम राष्ट्रिय सम्मेलन भोलि प्रज्ञा भवन काठमाडौंमा उद्घाटन हुँदैछ ।  





  • प्रकाशित मिति : पुस १०, २०७८ शनिबार १२:४५:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया