जोशी हाइड्रोपावरले एकैपटक बोलायो तीन आर्थिक वर्षको साधारणसभा

जोशी हाइड्रोपावरले ३ माघमा एकैदिन तीनवटा आर्थिक वर्षको वार्षिक साधारणसभा बोलाएको छ । 

कम्पनीले आर्थिक वर्ष २०७५/०७६, २०७६/०७७ र २०७७/०७८ को सभा ल्याण्डमार्क हल, दरबारमार्ग काठमाडौंमा बिहान ११ः३० बजेका लागि आह्वान गरेको हो ।

सभामा तीन आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा/नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणमा छलफल गरी पारित गर्नेछ । सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ । 

आर्थिक वर्ष २०७८/०७९ को लागि लेखापरीक्षक नियुक्त गर्ने एजेन्डा पनि पेस गरिनेछ । 

कम्पनीले सभा प्रयोजनार्थ २१ पुसमा बुक क्लोज गर्ने भएको छ । पुस २० गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।





  • प्रकाशित मिति : पुस १२, २०७८ साेमबार १३:२०:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया