संयुक्त रूपमा ल्होसार मनाउँदै कतारमा रहेका तमु (गुरुङ) हरू

कतारमा रहेका तमु (गुरुङ) हरूले ल्होसार पर्व (नयाँ वर्ग) संयुक्त रूपमा मनाउने भएका छन् । कतारमा रहेका तमु (गुरुङ) का विभिन्न संघ संस्थाहरूले विगत ल्होसार पर्व छुट्टाछुट्टै मनाउने गरे पनि यसपालि भने संयुक्त रूपमा मनाउने भएका हुन् ।

तमु (गुरुङ्ग) समाज कतार र तमु प्ये ल्हु संघ कतारको संयुक्त आयोजनामा तमुको महान पर्व ल्होसारलाई संयुक्त कार्यक्रमको आयोजना गरी मनाउने तयारी भएको समाजका अध्यक्ष खुसी गुरुङले जानकारी दिए । कोरोना महामारीको त्रास कायमै भए पनि नियम पालना गर्नुपर्ने भएका कारण गएका वर्षझैँ भव्य रूपमा भने कार्यक्रम नहुने उनले बताए । 

अध्यक्ष गुरुङका अनुसार विगतका ल्होसारमा नेपालबाट कलाकार ल्याएर कार्यक्रम गरिएको भएपनि योपटक कतारमै रहने कलाकारको प्रस्तुती रहनेछ । 

३१ डिसेम्बरमा अलदोसरी पार्क सहनियामा हुने कार्यक्रममा तमु गुरुङको संस्कृति झल्किने विभिन्न झाकी र नृत्यको साथमा सांगीतिक प्रस्तुती हुने छन् ।

त्यस्तै, खेगी चिबबाट एकआपसमा शुभकामना आदानप्रदान गरिने, छेलो प्रतियोगिताबाट तमु राजा छनोट गरिने, भाग्यशाली चिट्ठाको नतिजा सार्वजनिक गर्दै ल्होसारको समापन गरिने छ । 





  • प्रकाशित मिति : पुस १२, २०७८ साेमबार १३:५३:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया