पाँचथरमा लोहोरोले हानेर श्रीमतीको हत्या गर्ने पक्राउ
सांकेतिक तस्बीर

पाँचथरमा लाेहाेराे प्रहार गरी श्रीमतीकाे हत्या गर्ने एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा फाल्गुनन्द गाउँपालिका-२ इम्बुङका इन्द्रकुमार नेम्वाङ रहेका छन्। 

९ पुस दिउँसाे घरायसी झगडाका क्रममा नेम्वाङले प्रहार गरेकाे लाेहाेराेले लागेर ४५ वर्षीया जीवनकुमारी नेम्वाङ गम्भीर घाइते भएकी थिइन् । उनकाे उपचारका क्रममा मृत्यु भएको हाे ।

जीवनकुमारीकाे टाउकोमा लोहोरोले लागेकाे थियाे । उनकाे झापाको विर्तामोडस्थित विर्तासिटी अस्पतालमा उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको हाे । 

जीवनकुमारीको मृत्युपछि मात्रै घटनाबारे थाहा पाएको प्रहरीले जनाएकाे छ । प्रहरीले इन्द्रकुमारलाई घरैबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए ।
 





  • प्रकाशित मिति : पुस १२, २०७८ साेमबार १६:२:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया