हारबाट जोगियो म्यानचेस्टर युनाइटेड

इंग्लिस प्रिमियर लिगअन्तर्गत न्यूक्यासलविरुद्ध म्यानचेस्टर युनाइटेड १–१ गोलको बराबरीमा रोकिएको छ ।  

गएराति भएको घरेलु मैदान सेन्ट जेम्स पार्कमा भएको खेलमा न्यूक्यासलले एलान सेन्ट म्याक्सिमिनको गोलमा अग्रता पाएको थियो । सात मिनेटमै अग्रता पाए पनि न्यूक्यासलले जोगाउन भने सकेन ।

पहिलो हाफसम्म न्यूक्यासलले १-० ले अघि थियो । ७१ औं मिनेटमा काभानीले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए ।

बराबरीसँगै युनाइटेडले पाँचौं स्थानमा उक्लने मौका गुमाएको छ । १७ खेलबाट २८ अंक जोडेको ऊ सातौं स्थानमा छ । न्यूक्यासल ११ अंक जोडेर रेलिगेसन जोनको १९ औं स्थानमा छ ।

तालिकाको शीर्ष स्थानमा भने म्यानचेस्टर सिटी छ । उसको ४७ अंक छ । त्यस्तै, लिभरपुल ४१ अंकसहित दोस्रो र समान अंक रहेको चेल्सी तेस्रो स्थानमा छ ।  





  • प्रकाशित मिति : पुस १३, २०७८ मंगलबार ७:५७:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया